एनभीए भलिबलमा न्यु डायमन्ड र एपिएफको जित

एनभीए भलिबलमा न्यु डायमन्ड र एपिएफको जित

१२ असोज, काठमाडौँ ।
विभागीय टोली एपिएफ र न्यु डायमन्ड स्पोर्ट्स क्लबले राजधानीमा आयोजना गरेको छैठौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा आज जित निकालेका छन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दा न्यु डायमन्डले एभरेष्ट भलिबल ट्रेनिङ क्लबलाई पनि ३–० को सोझो सेटमा पराजित गरेको हो ।

न्यु डायमन्डसामु निकै निरिह बनेको एभरेटष्टले पहिलो सेट २५–६, दोस्रो सेट २५–५ र तेस्रो सेट २५–१३ ले गुमाएको थियो । यो जितसँगै न्यु डायमन्डले जारी प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

प्रतियोगिता अन्तर्गत मंगलबारकै अर्को खेलमा विभागीय टोली एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि पनि सहज जित निकालेको हो । राष्ट्रिय टिमका खेलाडीले भरिएको एपीएफले ढोरपाटनमाथि २५–११,२५–७ र २५–६ को जित निकालेको हो । यससँगै एपिएफले पनि जारी प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

प्रतियोगितामा भोली महिला तर्फ ढोरपाटन स्पोर्ट्स क्लब र नेपाल पुलिस तथा दोस्रो खेल एभरेष्ट भलिबल ट्रेनिङ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.