९५ प्रतिशत नेपालीहरुको घरमा विद्युतीकरण भइसक्याे : कुलमान घिसिङ

९५ प्रतिशत नेपालीहरुको घरमा विद्युतीकरण भइसक्याे : कुलमान घिसिङ

१२ असाेज, काठमाडाैँ ।
नेपाल विद्युत प्राधिकरणले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण अन्डर ग्राउन्ड केवल बिछ्याउने कामले गति लिन नसकेको स्पष्ट पारेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कूलमान घिसिङले अन्डर ग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या खडा भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले पहल गरिरहेको पनि जानकारी दिए ।

उनले ती समस्या समाधान गरेर मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पु¥याउन प्राधिकरण प्रतिवद्ध रहेको पनि बताए । मंगलबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा प्राधिकरणले महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी समेत गरे । उनले करिव ९५ प्रतिशत नेपालीहरुको घरमा विद्युतीकरण भईसकेको उल्लेख गर्दै त्यसले पनि सूचना प्रविधिको विकासमा उल्लेखनीय योगदान पु¥याउन सघाउ पु¥याएको स्मरण गराए ।

प्रबन्ध निर्देशक घिसिङले भने, ‘अन्डर ग्राउन्ड केवल विछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका निकायहरुले समस्या खडा गरिरहेका छन र ती समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले पहल गरिरहेको छ । ती समस्या हामी छिट्टै समाधान गरेर अघि बढनेछौं । प्रत्येक नेपालीको घरघरमा, गाउँगाउँमा अहिले करिव करिव ९५ प्रतिशत विद्युतीकरण भईसकेको छ । यसबाट हरेक घरमा हाम्रो पोल पुगेको छ । यो सूचना प्रविधिको विकासका लागि ठूलो इन्फास्ट्रचर हो । कुनै पनि फाईवर तान्नु प¥यो भने त्यही पोल यूज हुन्छ । र फाईबर होम भनेर जुन हामी अहिले डिजिटल नेपालको अवधारणा अन्तरगत आईरहेको छ । त्यो नेपाल विद्युत प्राधिकरणको ईन्फास्ट्रचरले धेरै सहयोग गरेको छ ।’

प्रबन्ध निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणले कन्जुमरहरुबाट बार्षिक ७० अर्व आयआर्जन गर्ने जानकारी पनि दिनु भयो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.