सरकारले एमसीसी बिर्स्यो कि के हो? : केपी ओली

सरकारले एमसीसी बिर्स्यो कि के हो? : केपी ओली

१२ असाेज, काठमाडौँ ।

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकारले बिर्सेको हो ? भनेर सोधेका छन् ।

मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा एमाले अध्यक्ष ओलीले सम्झौता गर्दाताका सरकारको नेतृत्व गरेका दलहरू नै अहिले सरकारमा रहेका बेला एमसीसी सम्झाउन अमेरिका अगाडि आउनुपरेको बताए ।

ओलीले भने, ‘सरकारको स्मरण शक्ति कम भएको हो कि के हो ? उहाँहरूले नै सम्झौता गर्नुभएको हो । त्यतिखेरकै सम्झौता गर्नेहरू कोही प्रधानमन्त्री, कोही ‘किङमेकर’ हुनुहुन्छ । साझा न्यूनतम कार्यक्रममा पनि आएन, एमसीसी सम्झाउन फातिमा सुमार नै आउनुपर्ने हो कि ? यो सरकारको दृष्टिकोण के हो ? १६५ सिट भएको । पारित गर्ने हो कि होइन हामीलाई केही सेयर गर्नुभएको छैन । हामीले किन आफ्नो धारणा दिने ?’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.