पीएसजीमा मेस्सीले ताेडे गोलको खडेरी, सिटीमाथि २–० काे जित

पीएसजीमा मेस्सीले ताेडे गोलको खडेरी, सिटीमाथि २–० काे जित

१३ असाेज, एजेन्सी ।

अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलमा पीएसजीले सिटीलाई २–० ले पराजित गरेको हो ।

एक गोल इड्रिसा गाना गुआईको नाममा रह्यो । खेलको आठौं मिनेटमा इड्रिसा गाना गुआईको गोलबाट घरेलु टोली पीएसजीले अग्रता लिएको थियो । उनले अचरफ हाकिमी हुदै एमबाप्पेले मिलाइदिएको लो क्रसलाई नेयमारले प्रहार गर्न नसकेको बललाई गानाले जाली चुमाउन सफल भएका थिए ।

७४औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । उनले केलियन एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए । मेस्सीले नयाँ सिजनमा पीएसजीका लागि चार खेल खेल्दा गोलको खडेरी तोड्न सफल भए ।

पीएसजीले सिटीसँग चार खेल खेल्दा ३ हार र एक बराबरीको नतिजा निकालेको थियो । यही समूह ‘ए’ को अर्काे खेलमा जर्मन क्लब आरबी लाइप्जिग घरेलु मैदानमा बेल्जियन टोली क्लब ब्रुगसँग २–१ ले पराजित भएको छ ।

यो नतिजापछि पीएसजी दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको छ । पराजित सिटी ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा क्लब ब्रुग ४ अंक जोडेर दोस्रो स्थानमा रहँदा लाइप्जिग अंकविहीन हुदै पुछारमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.