वर्षमान पुनलाई उपचारका लागि आज थाइल्याण्ड लगिने

वर्षमान पुनलाई उपचारका लागि आज थाइल्याण्ड लगिने

१३ असाेज, काठमाडौं।

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि आज बिहान थाइल्याण्ड लगिने भएको छ।

गत साता स्वास्थ्यमा समस्या देखिएपछि पुन अस्पताल भर्ना भएका थिए। सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा सुधार नभएपछि थाइल्याण्ड लैजान लगिएको स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए।

पुनलाई जन्डिसको लक्षण फेरि देखिएपछि उपचारका लागि विदेश लैजान लागिएको हो। नेता पुनलाई लामो समयदेखि जन्डिसको लक्षण देखिँदै आइरहेको छ। यद्यपि उनमा के समस्याका कारण जन्डिसको लक्षण देखिएको हो भन्ने विषयमा भने अझै खुलाइएको छैन।

पुनका अनुसार मंगलबारसम्मको रिपोर्ट हेर्दा स्वास्थ्यमा कुनै सुधार हुने अवस्था नदेखिएपछि सुमेरु अस्पतालका चिकित्सकसँगको परामर्शमै थाइल्याण्ड लैजाने तयारी गरिएको हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.