NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

संसद् अवरोध हटाइदिन ओलीसँग आग्रह

बुधबार अशोज १३ , २०७८
Reading Time: 1 min read
A A
कानूनमन्त्रीमार्फत देउवालाई ओलीकाे सन्देश: एमाले फुटाउन अध्यादेश आएको पुष्टि भयो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधार प्रयासलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार तेस्रोपटक सरकारका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुर बालकोटस्थित निवासमा भेट्न पठाएर ‘सरकारले सम्बन्ध सुधार गर्न चाहेको’ सन्देश दिएका छन् ।

देउवाका ‘दूत’का रूपमा बालकोट पुगेका मन्त्री कार्कीले ओलीसँगको डेढ घण्टा संवादक्रममा ‘सरकारले प्रमुख प्रतिपक्षसँग मिलेरै सुमधुर सम्बन्ध स्थापित गर्दै अघि बढ्न चाहेको’ प्रधानमन्त्री देउवाको सन्देश ओलीलाई सुनाएका छन् ।

‘प्रधानमन्त्रीज्यू प्रमुख प्रतिपक्षी दलसँग सुमधुर सम्बन्ध स्थापित गरेर राष्ट्रिय राजनीतिका मुद्दामा एकसाथ अघि बढ्न चाहनुहुन्छ, त्यसकारण कानुनमन्त्रीज्यूलाई संवादका लागि पठाइएको हो,’ बालुवाटार उच्च स्रोतले भन्यो ।

Advertisement

ओलीसँगको भेटमा कानुनमन्त्री कार्कीले ‘सरकार र प्रतिपक्षीबीच दूरीको अवस्था रहिरहनु राम्रो नभएको र सरकार सम्बन्ध सुधार गरेर अघि बढ्न तयार रहेको’ ओलीलाई बताएका छन् ।

भेटक्रममा कार्कीले संसद्मासमेत लामो समयदेखि अवरोध हुँदा ‘अन्योल स्थिति बनेको’ भन्दै सरकार र प्रतिपक्षी मिलेर अघि बढ्दा देशलाई गति दिन सकिने जिकिर गरे । संसद्मा एमालेले गर्दै आइरहेको निरन्तर अवरोध हटाइदिनसमेत उनले आग्रह गरेका छन् ।

जवाफमा एमाले अध्यक्ष ओलीले ‘सरकारले संसद् छलेर दल विभाजन गर्न अध्यादेश ल्याएको र संसद् चालू हुँदै गर्दा नै अध्यादेश खारेज गरेको’ भन्दै आपत्ति जनाएका छन् ।

‘सरकारले एमाले फुटाउनकै लागि संसद् छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो, अहिले फेरि संसद् जारी रहँदा नै खारेज ग¥यो,’ ओलीले सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै मन्त्री कार्कीलाई भने, ‘दुवै कुरा गैरकानुनी र असंवैधानिक छन् ।’

ओलीले पाँच दलीय गठबन्धन सरकारले एकपछि अर्को असंवैधानिक हर्कत गरिरहेको र त्यसलाई सच्याउने प्रतिबद्धता नआएसम्म संवाद र सहकार्य सम्भव नरहेको सन्देश प्रधानमन्त्री देउवालाई सुनाइदिन भनेका छन् ।

सरकारले बजेटमा पनि ‘मनोमानी’ गरेको तथा एकपटक प्रतिपक्षसँग सल्लाहसमेत नगरेको भन्दै सरकारका कामप्रति ओलीले गुनासो गरेका छन् ।

ओली सचिवालयका अनुसार ‘सरकारको यस्तो गैरसंवैधानिक क्रियाकलापले सरकार र प्रतिपक्षबीच सम्बन्ध राम्रो बन्न नसक्ने’ जानकारी कार्कीमार्फत देउवालाई दिइएको छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.