NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

जो पटक–पटक बेचिइन्

बुधबार अशोज १३ , २०७८
Reading Time: 1 min read
A A
जो पटक–पटक बेचिइन्
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

इटहरी: उनी शारीरिक दुर्बलता लिएर जन्मिइन् । ‘अपांग’ छोरी जन्माएको भन्दै उनका बुबाले आमासहित घरबाट निकालिदिए । त्यसपछि सुरु भयो पीडादायी यात्रा । घरबाट निकालिएपछि उनीहरू मामाघरमा बस्न थाले । पाँच वर्षको हुँदा आमाले दोस्रो बिहे गरिन् । अर्को बुबा पाए पनि उनले स्नेह भने कहिल्यै पाइनन् । उनी अपांगता भएको कारण देखाउँदै कान्छा बुबाले पनि आमालाई पिट्न थाले ।

आफ्नै कारण आमामाथि भइरहेको दुर्व्यवहार उनले देख्न सकिनन् र फर्किइन् पहिलेको आफ्नै घर दाङ । मेलापात, दाउरा, घाँस सकेर विद्यालय पुग्नुपर्ने । स्कुलमा भइरहने कार्यक्रममा गीत गाउँथिन्, पुरस्कार हात पार्थिन् । तर, बुबाले विद्यालयको शुल्क नतिर्ने, खाताकिताब किन्न पैसा नदिने गर्दा उनको पढाइ अवरुद्ध भयो । पढाइमा निकै अब्बल रहेकी उनको पढाइ अघि बढ्न सकेन । घरमा बिजुली पुगेको थियो तर बत्ती बालेर पढ्न मनाही थियो । गरिबी, अपांगता र परिवारबाट अपहेलित हुनुपर्दाको पीडाको भारी बोकेर जसोतसो उनी अघि बढिरहिन् ।

एक दिन उपचार गराउने भन्दै फुपूले भारत लगिन्, जतिबेला उनी सात कक्षामा पढ्थिन् । खुट्टाले पूर्ण भर नदिए पनि फुपूको भरमा उनी पछि लागेकी थिइन् । जब भारत पुगिन्, फुपूबाटै आफू बेचिएको बल्ल थाहा पाइन् । ‘सल्यानका एक जनाले १० हजारमा किनेका रहेछन्,’ उनले सुनाइन्, ‘भारत पु¥याएपछि घना जंगलबीचमा टेन्ट टाँगेर बस्नुपर्ने हुन्थ्यो । मानिसको चहलपहल खास हुन्थेन । मान्छे भेटिए पनि भाषा नबुझिने । जंगली बाँदर भने रूखका हाँगामा यताउता गरिरहन्थे ।’

Advertisement

उनी फन्दामा परिसकेकाले उम्किने कुनै उपाय थिए । ११ वर्षको उमेरमा महिनावारी समेत नभएकी उनीमाथि पटक पटक बलात्कार भयो । ‘म एक्लो के गर्न सक्थें र,’ उनले सम्झिइन्, ‘पहिलो पटक बलात्कृत हुँदा रगताम्ये भएकी थिएँ । शरीर दुखेर सहन नसक्ने भएको थियो ।’ एक जनाबाट मात्रै होइन पुरुष समूहकै उनी ‘सिकार’ बनिन्न् । नाक र मुखबाट समेत रगत आउन थालेपछि दुई दिन अस्पताल बस्नुपरेको उनी बताउँछिन् ।

पछि फुपू दाङ फर्किइन् । तर उनलाई साथमा नदेखेपछि आफन्तले शंका गरे । राजनीतिक कार्यकर्ता समेत रहेकी उनकी ठूलीआमाले फुपूविरुद्ध प्रहरीमा उजुरी दिइन् । उनकै पहलमा भारतीय प्रहरीको सहयोगमा एक महिनापछि उनलाई नेपाल फर्काइयो । ‘मेरो शरीर छियाछिया भएको थियो,’ उनी भन्छिन्, ‘आँखामा रगत जमेका कारण एउटा आँखा देख्दिनथें । कान पनि कम सुन्ने भएकी थिएँ ।’

घर त फर्किइन् तर परिवार, साथीभाइ र छिमेकीले हेर्ने दृष्टिकोण बदलियो । समाजको आँखामा उनी ‘अपवित्र’ भइसकेकी थिइन् । दुर्वचन सहन नसकेपछि १२ वर्षको उमेरमा दुई जोर लुगा बोकेर उनी काठमाडौं पुगिन् । काम गरेर पेट भर्न पाए हुन्थ्यो भन्ने मात्रै उनको सपना थियो । तर, सोचेजस्तो भएन । सुरुवाती दिनमा एक होटलमा मासिक ३ सयमा भाँडा माझ्ने काम पाइन् । खानबस्न सुविधा थियो । बिहान ६ बजेदेखि राति १२ बजेसम्म काम गर्नुपर्ने । धेरै पानी चलाउनुपर्दा खुट्टामा घाउ देखिन थाल्यो ।

एक दिन सामान्य चिनजानकी दिदीले इँटा फ्याट्रीमा काम लगाइदिने भनेर सुनसरीको दुहबी पुर्‍याइन् । तर, दिदीबाट पनि उनी ठगिइन् । होटलमा बेचिदिएपछि फेरि उस्तै पीडादायी दिन सुरु भयो । दुहबीमै छँदा उनले यौन कर्म रोजिन्, १४ वर्षको उमेरमा । ‘ग्राहकले कम ड्रिंक गर्‍यो भने पिट्थ्यो,’ उनी भन्छिन्, ‘रजस्वला हुँदा समेत मैले उनीहरूलाई सन्तुष्टि दिनुपथ्र्यो ।’

शरीरसँग मात्रै प्रेम गर्नेहरू धेरै थिए । उनलाई भने बिहे गरेर घरजम गर्ने रहर पलाउँदै गयो । यो भुमरीबाट फुत्किएर उनले १५ वर्षको उमेरमा बिहे गरिन् । दुई वर्षपछि श्रीमानले छाडिदिए । ‘त्यसबेला गर्भमा तीन महिनाकी छोरी थिइन्, बच्चा जन्मँदा साथ दिने कोही थिएन,’ आँखा रसिलो पार्दै उनले सुनाइन् ।

यो दुःखमा श्रमिक महिला साझा मञ्चले भने उनलाई उनलाई ठूलो आड दियो । संस्थाले चिया पसल गर्न लगानी गरिदिएको थियो । दुई छाक धान्न सहज त भयो तर बच्चा सानो भएकाले उनले निकै अप्ठेरो भोग्नुपर्‍यो । तरकारी र कपडा पसलसमेत गरिहेरिन्, तर सम्भव भएन । उनको समयको घडी फेरि यौन कर्मतिरै फर्कियो ।

यही क्रममा एक दिन उनको भेट भयो, महिला सहयोगी समूहकी कार्यकारी निर्देशक विमला ठकुरी मल्लसँग । उनकै पहलमा यौन कर्ममा पूर्णविराम लाग्यो र विभिन्न संघसंस्थामा आबद्ध हुन पाइन् । कुनै समय चुरोट र मदिराको गन्ध, अपशब्द, ग्राहक र मालिकको पिटाइ उनको दैनिकीमा आइरहन्थे ।

हाल उनलाई ती दिन दुःखको ठूलो कहानी जस्तै भएको छ । अहिले उनी यौन पेसामा आबद्ध महिलाको हकहितमा काम गर्छिन् । महिला सहयोगी समूहकी अध्यक्ष समेत रहेकी उनी यौन कर्म छाडेर अन्य पेसा अँगाल्न चाहनेलाई सीपमूलक तालिमका लागि सहजीकरण गर्छिन् । ‘रहरले कोही यस पेसामा लाग्दैन,’ उनले भनिन्, ‘जोजो यस पेसामा छन्, उनीहरूलाई सीपमूलक कामका लागि मैले सकेसम्म सहयोग गरेकी छु ।’

महिला सहयोगी समूहकी कार्यकारी निर्देशक मल्लका अनुसार सम्बन्धविच्छेद गरेका अधिकतर महिला मनोरञ्जन र यौन पेसामा आइपुग्छन् । ‘बाध्यताले डिभोर्स भएका धेरैजसो महिलाको यो बाध्यता हो,’ उनले भनिन्, ‘उनीहरूलाई आत्मनिर्भर बनाउन र यो पेसाबाट छुटाउने राज्यले विशेष कार्यक्रम ल्याउनु जरुरी छ ।’ ,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.