NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

खोप सहज भए पनि रेबिज उन्मूलन चुनौतीपूर्ण

बुधबार अशोज १३ , २०७८
Reading Time: 1 min read
A A
खोप सहज भए पनि रेबिज उन्मूलन चुनौतीपूर्ण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं: रेबिजविरुद्धको खोप सर्वसुलभ हुँदाहुँदै पनि विश्वभरि नै रोग उन्मूलन चुनौतीपूर्ण बनेको छ । जनचेतनाको कमी, कुकुरसहित घरपालुवा जनावार र मानिसलाई रेबिजविरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुँदा रेबिज निर्मूलको लक्ष्य पूरा हुन नसकेको हो ।

रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष एक सयभन्दा बढी मानिसको रेबिजका कारण मृत्यु हुने गरेको छ । नेपालले सन् २०३० सम्ममा रेबिजबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य लिए पनि स्थानीय स्तरसम्म जनचेतना पुर्‍याउन नसक्दा रेबिज रोग विकराल बनिरहेको छ ।

रेबिजका कारण विश्वमा प्रत्येक वर्ष ३० लाखभन्दा बढी मानिस प्रभावित हुने गरेको विभिन्न अध्ययनले देखाउँछन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर हरेक वर्ष करिब ६० हजारको मृत्यु र ३७ लाखभन्दा बढी प्रभावित हुने गरेका छन् ।

Advertisement

रेबिजको असर सीधै मस्तिष्कमा
रेबिज संक्रमणबाट सीधै मस्तिष्कमा असर गर्छ । यहीकारण रेबिज संक्रमणबाट अशक्त हुनेको संख्या हरेक वर्ष बढ्दो छ । रेबिज उन्मूलनका लागि घरपालुवा कुकुर र संक्रमण सार्न सक्ने जनावरमा रेबिजविरुद्धको सुई लगाउन विज्ञहरूको सुझाब छ ।

विश्व स्वास्थ्य संगठनले नेपालमा रेबिजका कारण वार्षिक करिब सयजनाको मृत्यु हुने अनुमान गरे पनि सरकारसँग भने कुनै आधिकारिक तथ्यांक छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखा (इडिसिडी) को तथ्यांकअनुसार आव २०७५ / ०७६ मा १८ र २०७४ /७५ मा ३२ जनाको रेबिजका कारण मृत्यु भएको थियो ।

कोभिड महामारी सुरु भएयता रेबिजका कारण मृत्यु हुनेको तथ्यांक नै संकलन भएको छैन । यस्तै स्वास्थ्य सेवा विभागको अर्को तथ्यांकअनुसार कुकुरको टोकाइबाट हुन सक्ने रेबिजविरुद्धको सुई र परीक्षणका लागि बर्सेनि हजारांँ प्रभावित अस्पताल पुग्ने गरेका छन् ।

बच्ने कसरी ?
रेबिजविरुद्धको खोप मानिस र जनावर दुइटैका लागि उपलब्ध छ । घरपालुवा जनावरमा बर्सेनि खोप लगाउने र अन्य जनावरले टोकेमा पनि तुरुन्तै रेबिजविरुद्धको पूर्ण खोप लगाए संक्रमणबाट बच्न सकिन्छ ।

मस्तिष्कमा संक्रमण नफैलुन्जेलसम्म खासै लक्षणहरू देखिँदैनन्
डा. प्रभाकर शाह
रेबिज राब्ड्रो परिवारको लिसा भाइरसको संक्रमणबाट हुने गर्छ । यो भाइरस जनावरको टोकाइबाट र्‍यालको माध्यमबाट घाउसम्म पुग्छ । भाइरसले छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा मस्तिष्कमा असर गर्छ ।

सामान्यतया मस्तिष्कमा संक्रमण नफैलुन्जेलसम्म खासै लक्षणहरू देखा पर्दैनन् । संक्रमण फैलिँदै गएपछि मसिना स्नायुबाट भाइरस ¥याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अंगहरूमा पुग्ने गर्छ । संक्रमित जनावरले टोक्दा एकबाट अर्कोमा सजिलै फैलिन्छ ।

मानिसमा देखिनेमध्ये ९५ देखि ९९ प्रतिशतसम्म रेबिज बहुला कुकुरको टोकाइबाट सर्ने गर्छ । यसबाहेक अन्य जनावरहरू जस्तै बिरालो, न्याउरी मुसा, स्याल, ब्वाँसो, फ्याउरो र अन्य मांसाहारी जनावरको टोकाइबाट पनि रोग सर्न सक्छ । रेबिज भाइरस शरीरमा पसेपछि रोगको लक्षण देखिन २०–९० दिनसम्म लाग्छ । तर, कहिलेकाहीँ एक वर्षभन्दा बढी पनि लाग्न सक्छ ।

यस्ता छन् लक्षण
सुरुवातमा रेबिजका लक्षण सामान्य देखिन्छ । बिस्तारै संक्रमण जटिल बन्दै जान्छ । अधिकांशमा जनावरले टोकेको भागमा दुख्ने र चिलाउने, दुईदेखि चार दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, शरीरका मांसपेशी दुख्ने घाँटी दुख्ने हुन्छ ।

बिस्तारै हल्लाखल्ला वा ठूलो आवाजबाट तर्सने, चम्किलो, उज्यालो वा हावा सहन नसक्ने, अध्याँरो सुनसान कोठामा एक्लै बस्न रुचाउने हुन्छ । साथै चिड्चिडाहट हुने, रिसाउने, पानीसँग डराउने, पछिल्लो अवस्थामा पानी देख्नासाथ घाँटी तन्काउने जस्ता लक्षण देखिन्छ । समयमै उपचार गर्न नसकेमा ¥याल चुहाउने, अरूलाई टोक्न खोज्ने, बिस्तारै हातगोडा नचल्ने हुँदै बिरामीको मृत्यु हुन्छ ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.