ललितपुर नगर प्रहरी चौबीसै घण्टा परिचालन

ललितपुर नगर प्रहरी चौबीसै घण्टा परिचालन

१३ असोज, काठमाडौं ।

ललितपुर महानगरपालिकाको नगर प्रहरी अब चौबीसै घण्टा परिचालन हुने भएको छ । यसअघि दैनिक आठ घण्टा मात्रै ड्युटी हुँदै आएकोमा अबदेखि चौबीसै घण्टा खटिने ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

नगर प्रहरीले ०१–५९०९७७७ नम्बरको हटलाइन सेवा पनि सुरु गरेको छ । यो नम्बरमा सूचना प्राप्त भएको १५ मिनेटमा ठाउँमै पुग्नेगरी संरचना तयार गरिएको हाछेथुको दाबी छ ।

पुल्चोकमा रहेको दमकल मोडमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरका लागि बनाइदिएको ५ तले भवनमा नगर प्रहरीले आफ्नो कार्यालय खडा गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.