माधव नेपाल अस्वस्थ, भेटघाटका कार्यक्रम बन्द

माधव नेपाल अस्वस्थ, भेटघाटका कार्यक्रम बन्द

१३ असोज, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि नियमित भेटघाटका कार्यक्रम बन्द गरिएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले नेपाल लाइभलाई जानकारी दिए।

नेपाल दम्पतीलाई रुघा खोकी लगायतको समस्या देखिएको उनले जानकारी दिए।

’पीसीआर परीक्षण गर्दा दुवैजनाको नेगेटिभ आएको छ। अहिलेको भाइरल ज्वरो र धपेडी पनि होला, अहिले कम्प्लिप्टली रेस्टमा हुनुहुन्छ’ तुलाधरले भने।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.