काठमाडौं – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला प्रहरीले दुई झुटको सहारा लिएको खुलेको छ । सरकारले प्रहरी बल प्रयोग गरेर बिहीबार केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको हो ।
प्रतिष्ठान परिसरमा प्रहरीले भिड नियन्त्रणका लागि बिहीबार हवाइ फायर गर्दा प्रहरी जवान कमल आचार्यको मृत्यु भएको घोषणा डीएसपी डा. तपनकुमार दाहालले घोषणा गरिदिए । सञ्चारमध्यममा प्रहरी जवानको मृत्यु भएको खबर आएपछि प्रहरी प्रधान कार्यालयले उनको मृत्यु नभई सिसा र फलामको किला लागेर गम्भीर घाइते भएको बतायो ।