बालुवाटार पुगे प्रचण्ड

बालुवाटार पुगे प्रचण्ड

१३ असोज, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

बुधबार बिहान प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । अहिले दुई नेताबीच छलफल चलिरहेको बालुवाटार स्रोतले बतायो । मन्त्रिपरिषद विस्तारबारे छलफल भैरहेको बताइन्छ ।

प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा छन् । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझैसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । माओवादीले मन्त्रीको नाम टुंगो लगाउन आज स्थायी कमिटी बैठकसमेत बोलाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.