१३ असोज, काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा दायर भएको मुद्दा पेसीमा चढेको छ। पूर्णिमाया लामा लगायतले दायर गरेको मुद्दाको सुनुवाइका लागि बुधबार संवैधानिक इजलासमा पेसी तोकिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पहिलो नम्बरमै सुनुवाइका लागि पेसी तोकिएको हो। संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्।
मुद्दाको सुनुवाइका लागि पटक पटक पेसी तोकिदै आए पनि स्थगित हुँदै आएको छ। यस्तै सोही मुद्दासँग जोडिएको कनकमणि दीक्षितको अदालतको अवहेलना सम्बन्धी मुद्दालाई पनि एकै साथ राखिएको छ।
द्वन्द्वकालमा भएको एक हत्यामा सभामुख अग्नि सापकोटाविरुद्ध अनुसन्धान हुनुपर्ने माग गर्दै २०६८ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो।