२० असोजमा विश्वासको मत लिँदै प्रदेश-२ का मुख्यमन्त्री राउत

२० असोजमा विश्वासको मत लिँदै प्रदेश-२ का मुख्यमन्त्री राउत

१३ असोज, काठमाडौं ।

प्रदेश–२ मा का मुख्यमन्त्री लालबाबु राउतले २० असोजमा विश्वासको मत लिने भएका छन् ।

मन्त्रिपरिषदको बुधबारको बैठकले २० असोजमा प्रदेशसभा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । सोही दिन मुख्यमन्त्री राउतले विश्वासको मत लिने तालिका छ ।

जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १८८ उपधारा २ को व्यवस्थाअनुसार उनले विश्वासको मत लिने निर्णय गरेका हुन् । उक्त उपधारामा भनिएको छ, ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभााजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ ।’

प्रदेश–२ सभामा जसपाका ३९, कांग्रेस १९, लोसपा १६, नेकपा (एकीकृत समाजवादी) १३, माओवादी केन्द्र आठ, एमाले आठ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् ।

जसपा, कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका गरी सभामुखसहित ७९ सांसद छन् । एक सय चार सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ५२ सांसद भए पुग्छ । त्यसैले मुख्यमन्त्री राउत भारी बहुमतमा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.