१३ असाेज, इलाम ।
इलामको इलाम नगरपालिका-१ नेपालटारस्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङकाे खुम्बेदिनका २३ बर्षीय राजेश नेपाल रहेका छन् । घटनास्थलमानै
मंगलबार राती पौने १० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले नेपाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा उनकाे घटनास्थलमै मृत्यु भएको थियो ।
नेपाल अर्को ट्रकको सहचालक रहेकाे र ट्रक राेकेर खाना खान जान बाटो क्रस गर्ने क्रममा ट्रकले ठक्कर दिएकाे जनाइएकाे छ ।
ट्रक र चालक पाँचथर का ३४ बर्षीय सुकमान राई प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएकाे छ ।