१३ असाेज, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ । प्रदेश सरकारले सञ्चालन गरेकाे ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो ।
बुधबार बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो । कार्यालयबाट टोलीले कागजात लिएको अख्तियार स्रोतले जनाएकाे छ ।
छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो । त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ ।