धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

१३ असाेज, ढल्केवर ।

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीजनाको मृत्यु भएको छ।

बुधबार दिउँसो धनुषाको औरहीबाट जनकपुर जाँदै गरेको ज.९ प. १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ जनकपुरधाम–१८ स्थित खोल्सीमा खस्दा तीनजनाको घटनास्थलमै मृत्यु हाे ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–११ का २२ वर्षीय कुनालकुमार साह रहेका छन् भने अन्य दुईजना सनाखत हुनसकेकाे छैन ।तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

मृतक तीनैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.