१३ असाेज, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले बुधबार साे विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ।’
प्रतिपक्षी दल एमालेको अवरोधका बीच प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई विधेयक पारित भएको थियो। प्रतिनिधिसभाले सभामुख हुँदै प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुर्याएको हो।
राष्ट्रपतिले प्रमाणिकरण गरेपछि अब विधेयक कार्यान्वयनमा जानेछ।
