पोखरा विमानस्थलको ८४ प्रतिशत काम सकियाे, जनवरीदेखि उडान गर्ने तयारी

पोखरा विमानस्थलको ८४ प्रतिशत काम सकियाे, जनवरीदेखि उडान गर्ने तयारी

१४ असाेज, कास्की ।

राष्ट्रिय गौरवको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको हालसम्म ८४ प्रतिशत काम सकिएको छ ।निमार्ण भइरहेको विमानस्थल आगामी जनवरीबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजना प्रमुख विक्रम गौतमले बताए।

गण्डकी प्रदेश सरकाका मुख्य मन्त्री र अन्य विभागीय मन्त्रीहरूले बुधबार निर्माणाधीन विमान स्थलको स्थलगत अवलोकन गरेका छन् । अवलोकन गर्दै मुख्य मन्त्री कृष्णचन्द्र पोखरेलले आयोजना जतिसक्दो चाँडो सम्पन्न गर्न अनुरोध गरेका थिए ।

आयोजना प्रमुख गौतमले तीन महिनाभित्र आन्तरिक उडान भर्न सम्भव भएको भन्दै उयसका लागि नागरिक उड्ययन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनीबिच समझदारी र समन्वय हुनुपर्ने बताए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा न्यारो जहाज मात्र आउन सक्ने छन् । जुन जहाजको क्षमता १७० जनासम्मको हुने छ ।

रु २२ अर्ब लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इञ्जीनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम शुरु गरेको थियो तर कोरोना महामारीका कारण आयोजना ढिला गरी सम्पन्न हुन लागेको हो ।

३ हजार ७ सय ९९ सय रोपनी क्षेत्रफलभित्र बन्दै गरेको यस विमानस्थलमा टर्मिनलसहित ९ वटा भवन रहेका छन् । विषम अवस्थामा समेत नेपाली र चिनियाँ मजदुरबाट विमानस्थलको काम भइरहेको छ । कोरोनाको दोस्रो लहरपछि दैनिक १८५ चिनियाँ र २५० जना नेपाली कामदारहरूले काम गरिरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.