NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

एमालेमा संगठित गुट विघटन !

बिहिबार अशोज १४ , २०७८
Reading Time: 1 min read
A A
माधव नेपालसहित २२ सांसदलाई एमालेको स्पष्टीकरण, साधारण सदस्यबाटै हटाउने चेतावनी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं: आन्तरिक विवाद समाधान गर्न १०बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ । नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरक फरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरू अहिले छिन्नभिन्न भएपछि एमालेभित्रको संगठित गुट विघटन भएको हो ।

विधान मस्यौदामा महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचनमा भाग लिन नपाउने, व्यक्तिमात्रै उम्मेदवार बन्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । ‘अध्यक्षसहित सबै पदाधिकारी र सदस्य महाविधेशन वा अधिवेशनबाट निर्वाचित हुने र निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने’, विधान मस्यौदामा उल्लेख छ । विधानमै प्यानल बनाउन बन्देज लगाउन गरिएको प्रस्ताव विधान महाधिवेशनबाट अनुमोदन भएपछि एमालेमा अब संगठित रुपमा गुटबन्दी नहुने दाबी नेताहरूको छ ।

नवौं महाधिवेशनमा नेतृत्वका लागि केपी शर्मा ओली र माधव नेपालले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लडेका थिए । नवौैं महाधिवेशनमा नेतृत्वमा पुग्न प्यानल बनाएर निर्वाचनमा गएका कारण पार्टीभित्र समस्या उत्पन्न भएको र त्यसैका कारण विभाजनसम्म पुगेको भन्दै अहिले विधानमै प्यानल बनाउन बन्देज लगाउने प्रस्ताव गरिएको हो ।

Advertisement

नवौं महाधिवेशनपछि एमालेमा दुई लाइन संघर्ष सुरु भएको थियो । त्यसैकारण देशव्यापीरुपमा पार्टी दुई धारमा विभाजित भएको थियो । नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि उनले महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका नेपाल र उनको समूहलाई पेलेर पार्टीभित्र काम गर्ने वातावरण नदिएको आरोप लागेको थियो ।

त्यतिमात्र होइन, एमालेभित्र ओली समूह र नेपाल समूह स्पष्ट रुपमा देखियो। अन्ततः पार्टी विभाजन भयो। नवौं महाधिवेशनबाट निर्वाचित ५० भन्दा बढी केन्द्रीय सदस्यसहित नेपालले नेकपा एकीकृत समाजवादी गठन गरिसकेका छन् । यसबाट पाठ सिक्दै एमालेले महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचन लड्न बन्देज लगाउने व्यवस्थासहितको विधान मस्यौदा तयार पारेको छ । यो मस्यौदालाई विधान महाधिवेशनबाट पारित गर्ने तयारी छ । विधानमा राखिएको यो व्यवस्था पारित भए दसौं महाधिवेशनमा नेतृत्वमा पुग्न प्यानल बनाएर चुनावमा जान पाइने छैन । यो व्यवस्थाले अब एमालेमा संगठित गुट निर्माण नहुने नेताहरूको दाबी छ ।

नवौं महाधिवेशनपछि पार्टीभित्र उत्पन्न विवाद समाधान गर्न गत असार २७ गते १०बुँदे सहमति गरिएको थियो । त्यो सहमतिपछि बसेको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकमा नेताहरूले आफ्ना धारणा राखेका थिए ।

१० बुँदे सहमतिपछि पार्टीको जिम्मेवारीमा फर्केका नेताहरूले विधानको मस्यौदामाथि खुलेर छलफल गरेका थिए । ‘विभिन्न बैठकमा पार्टीमा देखिएको समस्या साझा भएको र त्यसलाई गुटको धारणा बनाउन नहुने विषय पार्टी अध्यक्ष केपी शर्मा ओली नजिकका नेताहरूले राखेका थिए भने पहिला माधव नेपाल पक्षमा रहेका तर पछि उनको साथ छोडेका नेताहरूले पनि गुटगत धारणा राखेनन्’, एक केन्द्रीय सदस्यले भने ।

पार्टी अध्यक्ष ओलीले पनि पटकपटक गुटको रुपमा कसैसँग कुरा नगर्ने बताउँदै आएका छन् । तर पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो आएपछि ओलीले स्थायी कमिटीको बैठक राखेर उपाध्यक्ष भीम रावलको संयोजकत्वमा कार्यदल बनाएका छन् ।

महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, लेखराज भट्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल सदस्य रहेको कार्यदलले सहमति कार्यान्वयनको वातावरण बनाउने जिम्मेवारी पाएको छ । सहमति कार्यान्वयन भएपछि एमालेमा गुट नरहने अपेक्षा गरिएको एक नेताले बताए । कार्यदलमा माओवादीबाट एमालेमा आएका नेता समेत रहेका कारण गुटबन्दी हुन नपाउने ठम्याइँ नेताहरूको छ । ‘सबैलाई मिलाउने जिम्मेवारी उपाध्यक्ष रावल कार्यदलले पाएको छ । त्यसमा सबैतिरको प्रतिनिधित्व छ’, केन्द्रीय सदस्य विजय सुब्बाले भने ।

पार्टीभित्र सबै पक्षको समीक्षा हुनुपर्ने र एउटा पक्षले अर्कोलाई आरोप लगाएर फेरि विवाद उत्पन्न गराउन नहुने धारणा बलियो बन्दै गएको सुब्बाले बताए । ‘केन्द्र्रीय कमिटी बैठकमा केही साथीले राजनीतिक प्रतिवेदनमा पार्टी अध्यक्षको आलोचना गर्नुभयो तर उहाँहरूले गरेको विषयमा पनि समीक्षा हुनुपर्छ । पार्टीभित्र देखिएका समस्यामा सबैको कमजोरीको पक्षमा समीक्षा हुनुपर्छ । समीक्षा गुटभन्दा बाहिर गएर हुनुपर्छ’, उनले भने ।

अर्का केन्द्रीय सदस्य निरज आचार्यले पार्टीभित्र अहिले गुटबन्दी बन्द भएको र विधान महाधिवेशनबाट प्यानल बनाएर निर्वाचन लड्न नपाउने व्यवस्था पारित भएपछि गुटबन्दी पूर्णत बन्द हुने बताए । ‘विधान मस्यौदामा महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचनमा जान नपाउने व्यवस्था राखिएको छ । यो पारित भएपछि प्यानल बन्दैन । नेताहरू आफ्नो व्यक्तिगत आकांक्षाअनुसार महाधिवेशनमा उम्मेदवार हुन्छन् ।

त्यसले कसैलाई पनि यो वा त्यो प्यानलमा लागेको भन्ने इगो जन्माउँदैन’, आचार्यले भने । एमालेले पहिलो पटक गर्न लागेको विधान महाधिवेशनले धेरै विवाद निरुपण गर्ने दाबी गर्दै आचार्यले भने, ‘अहिलेको अवस्थामा पार्टीलाई कसरी एकढिक्का बनाएर लैजाने र महाधिवेशनलाई कसरी सफल बनाउने भन्नेमै ध्यान केन्द्रित हुन थालेको छ ।’, याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.