देउवाले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

देउवाले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

१४ असोज, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् ।

संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बिहान १० बजे बालुवाटारमा प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

‘अध्यक्षज्यू बैठकमा जानु हुन्न’, भट्टराईले जनतापाटीसँग भने, ‘पार्टीबाट अरु कोही जाने विषयमा छलफल भइरहेको छ ।’

बैठकमा नेकपा एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओलीले यसअघि सभामुखले आयोजना गरेको सर्वदलीय बैठक पनि बहिस्कार गरेका थिए । आफूहरूले कारवाही गरेका माधव कुमार नेपाल बैठकमा सहभागी भएको भन्दै एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.