परराष्ट्रमन्त्री खड्का आज स्वदेश फर्कँदै

परराष्ट्रमन्त्री खड्का आज स्वदेश फर्कँदै

१४ असोज, काठमाडौं ।

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६ औं महासभामा भाग लिएर आज स्वदेश फरकिदै छन् ।

संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्न खड्का नेतृत्वको प्रतिनिधिमण्डल गएको ८ गते अमेरिकाको न्युयोर्क पुगेको थियो ।

मन्त्री खड्काले महासभालाई सम्बोधन गर्नुका साथै भारत, बङ्गलादेश, कुवेत र बहराइनका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

संयुक्त राष्ट्र सङ्घको ७६ औं महासभालाई सम्बोधन गर्दै उनले नागरिकको जीवनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका थिए ।

कोरोना विरुद्धको खोपको असमानताको खाडल धेरै गहिरो रुपमा रहेकाले कम आय भएका देशहरु समस्यामा परेका भन्दै उहाँले सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्नेमा जोड दिएका थिए ।

यस्तै, अमेरिकामा रहेका नेपालीले आयोजना गरेको छलफलमा पनि उनी सहभागी भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.