१४ असोज, काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि हिजो उनलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।
नेपाललाई ज्वरो आउनुका साथै खोकी लागेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
नेता नेपालको उपचारमा वरिष्ठ छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दाससहितको टोली खटिएको छ ।