महाधिवेशनको पूर्वसन्ध्यामा प्रदेशमा सत्ताको खेल अस्वीकार्य : शेखर कोइराला

महाधिवेशनको पूर्वसन्ध्यामा प्रदेशमा सत्ताको खेल अस्वीकार्य : शेखर कोइराला

१४ असोज, काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी महाधिवेशनलाई प्रभावित पार्न बागमती प्रदेशमा सत्ताको खेल हुनु दुःखद् भएको बताएका छन्।

बागमती प्रदेश सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवाले अढाइ महिना मुख्यमन्त्री मागेको कुराप्रति आफ्नो गम्भीर आपत्ति रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका हुन्।

नेता कोइरालाले नेकपा एकीकृत समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक भएको भन्दै अस्वीकार्य रहेको बताएका हुन्।

यसअघि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेशमा अढाइ महिनाका लागि भए पनि मुख्यमन्त्रीमा आफू निकट इन्द्र बानियाँलाई बनाउन लविङ गरिरहेको समाचार बाहिरिएको थियो।

देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग सो विषयमा छलफल गरेको बताइएको छ। बागमती प्रदेशमा एमालेकी अष्टलक्ष्मी शाक्य मुुख्यमन्त्री छन्। शाक्यको सरकार अल्पमतमा छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.