च्याम्पियन्स लिग : साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित

च्याम्पियन्स लिग : साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित

१४ असोज, काठमाडौं ।

च्याम्पियन्स लिग फुटबलमा साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित भएको छ ।

समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लव चेल्सी इटालियन क्लब युभेन्ट्ससँग पराजित भएको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन फेडेरिको किएसाले ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै युभेन्ट्स २ खेलमा ६ अंक जोड्दै समूह एचको शीर्ष स्थानमा छ । २ खेलमा ३ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.