काठमाडौंद्वारा चितवनलाई १४२ रनको लक्ष्य

काठमाडौंद्वारा चितवनलाई १४२ रनको लक्ष्य

१४ असोज, काठमाडौं ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा काठमाडौं किंग्स इलेभेनले चितवन टाइगर्सलाई १४२ रनको विजयी लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले पुरा ओभर खेल्दै ८ विकेट गुमाएर १४१ रन बनाएको हो ।

काठमाडौंका लागि ओपनर सुवास खकुरेलले सर्वाधिक ३५ रन जोडे । राजु रिजालले २८ रनको योगदान गरे । अर्का ओपनर रहमुल्लाह गुबराजले ५, अमित श्रेष्ठले ६, गुलशन झाले ४ रन जोडे ।

यस्तै, जनक प्रकाशले २६ र अंमर सिंह राउटेलाले ५ रनको योगदान गरे । सिद्धान्त लोहनी र कप्तान सन्दिप लामिछानले क्रमशः ८ र ७ रन बनाए । रायन बर्ल भने शून्यमै आउट भए ।

चितवनका लागि सागर ढकालले सर्वाधिक ४ विकेट लिए । करिम जन्नले २ विकेट लिँदा कमलसिंह ऐरी र शेकुगे प्रसन्नाले समान एक÷एक विकेट लिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.