परराष्ट्रमन्त्रीले झुटो बोलेको भन्दै द्वन्द्व पीडितद्वारा यूएन महासचिवलाई पत्र

परराष्ट्रमन्त्रीले झुटो बोलेको भन्दै द्वन्द्व पीडितद्वारा यूएन महासचिवलाई पत्र

१४ असोज, काठमाडौं ।

परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्र संघको महासभामा द्वन्द्वपीडितबारे झुटो बोलेको भन्दै द्वन्द्वपीडितहरुले यूएन महासचिवलाई पत्र बुझाउने भएका छन्।

पीडितहरुले युएन भवन पुल्चोक पुगेर महासचिवलाई पत्र पठाउन लागिएको द्वन्द्वपीडित सुमन अधिकारीले जानकारी दिए। दिउँसो १ः४०मा यूएन कार्यालय पुगेर पत्र बुझाउने तयारी भइरहेको अधिकारीले बताए।

खड्काले महासभालाई सम्बोधन गर्दै नेपालको द्वन्द्वकालीन मुद्दा समाधान उन्मुख रहेको दावी गरेका थिए। पीडितहरुको सहमतिमा टुङ्गने दावीसमेत उनले गरेका थिए।

संक्रमणकालीन दुई आयोगले काम गरिरहेकाले यसको अब समाधान हुने उनको प्रतिवद्धता थियो।

पीडितहरुले पनि यसलाई स्वीकार गर्ने दाबी उनले गरेका थिए। उनको उक्त दाबी गलत भएको भन्दै पीडितले यूएनको ध्यानाकर्षण गराउन लागेका हुन्।

नेपालको उनले कालीन मुद्दामा द्वन्द्वपीडितलाई बेवास्था गर्दै काम भइरहेकाले त्यसप्रति ध्यानाकर्षण गराउने तयारी पीडितहरुले गरेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.