१४ असाेज, काठमाडौँ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं विधान महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले पत्रकार सम्मेलन गर्दै छन् ।
उनले आज दिउँसो २ बजे अल्फा हाउसमा नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । भोलिदेखि सुरु हुने विधान महाधिवेशनको व्यवस्थापनका विषयमा बादलले पत्रकार सम्मेलनमा जानकारी गराउने छन् ।
पत्रकार सम्मेलनमा विधान महाधिवेशन स्थल गोदावरीसम्म जाने प्रतिनिधिहरुलाई आउजाउको व्यवस्था, खाना र खाजाको प्रबन्ध र अन्य प्राविधिक विषयका बारेमा बादलले स्पष्ट पार्ने विधान महाधिवेशन प्रचार उपसमितिका संयोजक खिमलाल भट्टराईले बताए ।