ईपीएलमा चितवनको लगातार दोस्रो जित

ईपीएलमा चितवनको लगातार दोस्रो जित

१४ असोज, काठमाडौं ।

एभरेष्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले लगातार दोस्रो जित हात पारेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको आफ्नाे दोस्रो खेलमा चितवनले काठमाडौं किङ्ग्स ११ लाई ३ विकेटले हराएको हो ।

काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले अन्तिम ८ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । चितवनका लागि राजेश पुलामीले २६, दिलिपनाथ र कमल सिंह ऐरीले २३/२३ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १४१ रनज बनाएको थियो । उसका लागि सुवास खकुरेलले ३५, राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाएका थिए । चितवनका सागर ढकालले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए ।

पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो । काठमाडौंले साविक विजेता ललितपुरलाई ७ विकेटले पराजित गरेको थियो । चितवनले पहिलो खेल अव शुक्रबार पोखरा राइनोजसँग खेल्ने छ । काठमाडौंले शनिवार भैरहवासँग खेल्ने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.