बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई जहाज चलाउन राेक

बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई जहाज चलाउन राेक

१४ असोज, काठमाडौं।

नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक लगाएको छ ।

प्राविधिक समस्या देखिएको जहाजलाई सुरक्षित अवतरण गराएको भनेर प्रशंसा कमाइरहेका उनलाई घटनाको छानविन प्रतिवेदन नआउञ्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको हाे ।

घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । उनले भने, ‘घटना छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि पाइलट शेर्पालाई उडान नर्भन भनिएको हो । यो नियमित पक्रिया हो ।’

गत सोमबार ८ः३० मा विराटनगरका लागि उडेको ७३ यात्रुसहितको विमान पाङ्ग्रा नखुल्दा  पुनः काठमाडौं फर्काइएको थियो । २ घण्डा आकाशमै होल्ड भएको साे जहाज तेल सकेर विमान अवतरण गर्न खोजिएकोमा अचानक पाङ्ग्रा खुलेको थियो । सो जहाज पाइलट आङ्गेलु शेर्पाले उडाएका थिए ।

जहाजमा ६८ वयस्क, २ बच्चा, ३ जना इन्फ्याण्ट गरी ७३ यात्रु रहेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.