हेर्नुस् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मका साइत

हेर्नुस् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मका साइत

१४ असाेज, काठमाडौं ।

गृहमन्त्रालयले यस वर्षको बडादसैँका साइतहरू सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो ।

मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई दसैँको शुभ साइत पठाएको छ । सबै जिल्ला प्रशासन कार्यालयहरुको मातहतका कार्यालयहरुलाई शुभसाइत अनुसार शक्तिपीठमा पुजापाठ गराउन पत्राचार भनिएकाे छ ।

मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११ः४६ बजे रहेको छ । विजया दशमी एवम् टीकाको समय भने यसअघि नै सार्वजनिक गरिसकिएको छ । टीकाको उत्तम साइत १० : २ बजे छ ।

फूलपाती तथा तुलजाभवानी यात्रा बिहान ७ : ११ बजे र स्थिरासन बिहान ८ : ४४ बजे रहेको छ ।

यस्ता छन् दशै‌का साइतहरु:

असोज २१ गते, बिहीबार नवरात्रारम्भ, घटनास्थापना बिहान ११: ४६ बजे

असोज २२ गते, शुक्रबार झण्डा फेर्ने, बिहान ११: ५६ बजे (पश्चिम मोहडा)

असोज २५ गते, सोमबार श्री पचलीभैरव यात्रा,

असोज २६ गते, मङ्गलबार ( फूलपाती, तुलनाभवानी यात्रा बिहान ७:११ बजे स्थिरासन बिहान ८:४४ बजे

असोज २७ गते, बुधबार महाअष्टमी, कालरात्रि,

असोज २८ गते, बिहीबार महानवमी

असोज २९ गते, शुक्रबार ( विजया दशमी, देवी विर्सजन बिहान ८:१९ बजे, र टीकाको साइत बिहान १०:२ बजेको साइत रहेको छ ।

यस्तै तुलजाभवानी यात्रा बिहान ७:१ बजे र स्थिरासन बिहान ८स्३२ बजे, खड्गयात्राको साइत रहेको छ ।

यसैगरी कार्तिक २ गते, मङ्गलबार अखिलबलिपूर्ति, कार्तिक २ गते, मङ्गलबार कोजाग्रत व्रत रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.