ठूला दलले काम गर्न सकेनन् : अध्यक्ष राणा

ठूला दलले काम गर्न सकेनन् : अध्यक्ष राणा

१५ असाेज, काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले ठूला दलले जनताको म्यान्डेटअनुसार काम गर्न नसकेको बताएका छन् ।

दसैँको पूर्वसन्ध्यामा बिहीबार आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष राणाले तत्कालीन नेकपा नेतृत्वको सरकारले जनताका पक्षमा उल्लेख्य काम गर्न नसकेको र वर्तमान सत्ता गठबन्धनले पनि त्यस्तो काम गर्ने कुनै सकारात्मक सङ्केत नदेखाएको जिकिर गरे ।

अध्यक्ष राणाले आगामी निर्वाचनमा साना पार्टीलाई जनताले विजयी गराउनुपर्ने तर्क राख्दै आफ्नो पार्टी कुनै न कुनै गठबन्धनमा सामेल भएर निर्वाचनमा लड्ने जनाए । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.