साफ च्याम्पियनसिपका खेल नेपालमा प्रत्यक्ष प्रसारण नहुने

साफ च्याम्पियनसिपका खेल नेपालमा प्रत्यक्ष प्रसारण नहुने

१५ असाेज, काठमाडाैँ ।

आजदेखि सुरू हुने साफ च्याम्पियनसिपका खेल नेपालमा प्रत्यक्ष प्रसारण नहुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली समर्थकका लागि साफका खेल प्रत्यक्ष प्रसारण गर्न प्रयत्न गरे पनि सफल हुन नसकेको जनाएको छ।

एन्फाले गत असोज ८ गते प्रत्यक्ष प्रसारणका लागि प्रस्ताव पेश गर्नका लागि सार्वजनिक सूचना निकालेको थियो। प्रत्यक्ष प्रसारणको अधिकार किन्नका लागि न्यूनतम ४० लाख रुपैयाँ मूल्य ताेकिएकाेमा एन्फालाई प्राप्त भएका कुनै पनि प्रस्तावहरू उक्त मापदण्डअनुसार नभएपछि खेलकाे प्रत्यक्ष प्रसारण नहुने भएकाे हाे ।

एन्फाले नेपाली टिमको खेल हेर्न पाइने आसामा रहेका समर्थकको असुविधाका लागि दु:ख व्यक्त गरेको छ। साफ च्याम्पियनसिपअन्तर्गत नेपालले आज पहिलो खेलमा आयोजक माल्दिभ्ससँग खेल्दैछ। खेल नेपाली समयअनुसार ९:४५ बजे सुरू हुनेछ।

यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

यसपटक नेपालले फाइनल पुग्ने लक्ष्यका साथ तयारी गरेको छ।

साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स – असोज १५ गते – राति ९:४५ बजे
नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९:४५ बजे
नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४:४५ बजे

नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द
मिडफिल्डर : विशाल राई, सुनील बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा
फरवार्ड : नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आसिस लामा

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.