पार्टीविरुद्ध नयाँ घेराबन्दी सुरु भयाे : ओली

पार्टीविरुद्ध नयाँ घेराबन्दी सुरु भयाे : ओली

१५ असाेज, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध घेराबन्दी र आक्रमणका नयाँ श्रृङखलाहरु सुरु भएको बताएका छन् । शुक्रबार विधान महाधिवेशनको उद्धघाटन सत्रमा बोल्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेकपा एमालेबाट केहि व्यक्तिहरु बाहिरिएका छन् । उनीहरुले संगठनात्मक अराजकता, पदलोलुप्ता र फुटलाई प्रश्रय दिइरहेका छन् । हाम्रो पार्टी प्रतिपक्ष भूमिकामा फेरिएको छ । पार्टीका विरुद्ध घेराबन्दी र आक्रमणका नयाँ श्रृङखलाहरु सुरु भएका छन्।’

उनले माओवादी केन्द्रसँगको एकीकरणका कारण पार्टी महाधिवेशन धकेलिएको बताए । उनले भने, ‘एमाले एकीकृत पार्टी हो । एमालेबाट केहि बाहिरिए । संगठनात्मक अराजकता र फुटलाई प्रश्रय दिए।’

विधान महाधिवेशन पार्टी जीवनमा नितान्त नयाँ प्रयोग भएको उनको भनाइ थियो। उनले राजनीतिक प्रतिवेदन पेश गर्दैछन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.