१५ असोज, काठमाडौं ।
गाँजा माग्दा नदिएको भन्दै पशुपति मन्दिर परिसरमा एक ‘बाबा’माथि खुकुरी प्रहार गरेर फरार भएका युवा पक्राउ परेका छन्।
चितवनको जगतपुर नयाँबस्ती घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई शुक्रबार बिहान हेपाली हाइटबाट पक्राउ गरेको महानगरीय परिसर काठमाडौंले जनाएको छ । उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला समेत बरामद गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।
उनी असोज ११ गते बिहान पशुपतिस्थित विश्वरुपा जाने बाटोको छेउको झाडीमा बस्ने सन्तोष भन्ने साधुलाई खुकुरी प्रहार गरेर फरार भएको प्रहरीको भनाइ छ ।