आफ्नो देश फर्कन नपाएका विदेशी नागरिक पुस मसान्तसम्म नेपाल बस्न पाउने

आफ्नो देश फर्कन नपाएका विदेशी नागरिक पुस मसान्तसम्म नेपाल बस्न पाउने

१५ असाेज, काठमाडौँ।

कोरोना महामारीका कारण स्वदेश फर्कन नपाएका विदेशी नागरिकले आगामी पुस मसान्तसम्म आफ्नो बसाई अवधि लम्ब्याउन पाउने भएका छन् ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान सुचारु नभएको अवस्थामा स्वदेश फर्कन नपाएका र पूर्व भिसा अवधि थप गरी नेपालमा बसिरहेका पर्यटकले आगामी पुस मसान्तसम्म नेपालमा रहन पाउने निर्णय भएको अध्यागमन विभागले जनाएको छ ।

यस अवधिसम्म बस्नका लागि पर्यटकले नियम अनुसारको शुल्क भने तिर्नुपर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.