ट्रेकिङ एजेन्सिजले अब वेवसाइटबाट प्याकेज बेच्ने

ट्रेकिङ एजेन्सिजले अब  वेवसाइटबाट प्याकेज बेच्ने

१५ असाेज, काठमाडाैँ ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले नयाँ वेवसाइट सञ्चालनमा ल्याएको छ । शुक्रवार काठमाडौंस्थित टानको कार्यालयमा आयोजित औपचारिक कार्यक्रमकाबिच अध्यक्ष खुमबहादुर सुवेदीले taan.org.np डोमेनको वेवसाइटको उद्घाटन गरेका हुन् ।

वेवसाइटको उद्घाटन गर्दै अध्यक्ष सुवेदीले टानको विगतका वेवसाइट सुचना कम दिने खालको भएकाले बढीभन्दा बढी सुचना तथा जानकारीहरु दिन सकियोस् र टानमा आवद्ध सदस्य एजेन्सीहरुले छिटो छरितो रुपमा आफ्नो घर तथा अफिसबाटै डकुमेन्टेशन गर्न सकोस् भन्ने उद्देश्य साथ नयाँ वेवसाइट सञ्चालनमा ल्याइएको बताए । उनले यस वेवसाइटमार्फत् सदस्य एजेन्सीहरुले प्याकेज बेच्न, अनलाइनमार्फत् नै भुक्तानी गर्न सकिने पनि बताए ।

अध्यक्ष सुवेदीले टानको वेवसाइटमार्फत् विदेशीहरुलाई नेपालको पर्यटनको सन्दर्भमा विविध जानकारी दिन सकिने विश्वास पनि व्यक्त गरे। आवश्यक पर्ने सबै सूचना तथा जानकारीहरु अटाउने आफुहरुको प्रयास रहेको उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.