लगातार तेस्रो खेल जित्दै चितवन ईपीएलकाे प्लेअफमा

लगातार तेस्रो खेल जित्दै चितवन ईपीएलकाे प्लेअफमा

१५ असाेज, काठमाडाैँ ।

एभेरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सले पोखरा राइनोजमाथि जित हाँसिल गरेको छ । टियु खेल मैदानमा आज भएको खेलमा टाइगर्सले राइनोजलाई ९ विकेटले पराजित गरेको हो । जितसँगै चितवन टाइगर्स ईपीएल-२०२१ को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।

टस जितेर ब्याटिङ्ग गरेको पोखरा राइनोजले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनको सामान्य योगफल तयार पारेको थियो । जितका लागि १ सय २४ रन पछ्याएको चितवनले १६.४ ओभरमा मात्रै १ विकेटको क्षतिमा उक्त लक्ष्य भट्यायो । चितवनको जितमा मोहम्मद शेहजादले अभिजित ६३ तथा भिम सार्कीले अभिजित ५४ रन जोडे ।

पोखराको व्याटिङ्गमा बिबेक कुमार यादवले अभिजित ५३ रन जोडेपनि अन्य ब्याट्म्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । पोखराका लागि असेला गुणरत्नेले २५ तथा रिचार्ड लेभिले २० रन बनाएका थिए । चितवनका बलरहरु साहब आलमले २, कमलसिंह ऐरीले २ तथा सोमपाल कामीले १ विकेट लिए ।

जितसंगै चितवन लिगको शिर्षस्थानमा उक्लिएको छ । चितवनले २ खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो । उसले तीन खेलमा तीनवटै जित हाँसिल गर्दै अंक तालिकामा ६ अंक जोडन सफल भएको छ । लिगमा १ जित र एक बराबरीसंगै ३ अंक जोडेको राइनोजले भोलि भैरहवा ग्लाडिएटर्सको सामना गर्ने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.