१५ असोज, काठमाडौँ।
आजदेखि सुरु भएको एमाले विधान महाधिवेशनमा कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही पनि प्रतिनिधिको रुपमा सहभागी भएका छन् ।
सभामुख बनेपछि कुनै राजनीतिक दलमा आवद्ध नभई सबै दलको साझा प्रतिनिधित्व गर्नुपर्नेमा शाही एमालेको विधान महाधिवेशनमा भाग लिन गोदावरी पुगेका हुन् ।
शाही दैलेख क्षेत्र नंं. २ (ख) बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । सभामुख–उपसभामुख बनेपछि पार्टीबाट राजीनामा दिने कानुनी व्यवस्था छ ।
एमालेका प्रदेशसभा सदस्यहरु स्वतः विधान महाधिवेशनको प्रतिनिधि हुने व्यवस्था भएकोले उनी सहभागी हुनुभएको एक एमाले नेताले बताए ।
शाहीले भने विधान महाधिवेशनमा सहभागिता र आफ्नो दलीय हैसियतबारे प्रतिक्रिया दिन मानेनन् ।