१६ असाेज, काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले विधान माहाधिवेशनलाई खड्गप्रसादको कुम्भमेलाकाे संज्ञा दिएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले एमाले विधान महाधिवेशनप्रति व्यङ्ग्य गर्दै खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती भएकाे बताएका हुन् । उनले भनेका छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ। नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तस् स्टालिन, हिटलर र फासीवाद जन्माउने हो।चे तना भया । ’
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि एमाले प्रथम विधान महाधिवेशन सुरु भएकाे छ ।तीन दिनसम्म चल्ने महाधिवेशनमा शनिबार प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ।