१६ असोज, काठमाडौं ।
नेपाली कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् । जारी महाधिवेशन प्रक्रियामा उनी जिल्ला सभापति निर्वाचित हुने पहिलो कांग्रेस नेता हुन् ।
मुस्ताङको जिल्ला अधिवेशन शुक्रबार उद्घाटन भएकोमा शनिबार गौचन सर्वसम्मत सभापति निर्वाचित भएका हुन् । होटल व्यवसायी समेत रहेका गौचन यसअघि दुईपटक मन्त्री भइसकेका छन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् ।