हुम्लामा छुटमा खाद्यान्न विक्री गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी

हुम्लामा छुटमा खाद्यान्न विक्री गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी

१७ असोज, सिमकोट ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले छुटमा खाद्यान्न बिक्री सुरु गरेको छ।

कम्पनीले जिल्लाको सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका नागरिक तथा बजारवासीलाई दसैं–तिहारका अवसरमा प्रतिकेजी पाँच रुपैयाँ छुटमा खाद्यान्न बिक्री गरिरहेको छ।

जिल्लामा पहिलोपटक सो पालिकामा दसैं–तिहारका अवसरमा छुटमा खाद्यान्न बिक्री सुरु गरेको सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए।

केन्द्रबाट दुई हजार ३०० क्विन्टल खाद्यान्नमा छुट दिने परिपत्रअनुसार प्रतिक्विन्टल ५ सय रुपैयाँ छुटमा बिक्री गरिएको उनले बताए। जिल्लामा २५ र ३० केजी बोराका चामल वितरण गरिँदै आएको छ। यसले गर्दा सेवाग्राहीले २५ केजीमा रु १२५ र ३० केजीमा रु १५० छुट पाएका छन्।

हुम्लाका नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोटमा गरी आठवटा डिपो र बिक्री केन्द्र छन् । सदरमुकाम सिमकोटमै रहेको कम्पनीको कार्यालयबाट मात्रै छुटमा बिक्री सुरु गरिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.