कोशी टप्पु आरक्षमा मृत भेटियो मकुना हात्ती

कोशी टप्पु आरक्षमा मृत भेटियो मकुना हात्ती

१७ असोज, धरान ।

सुनसरी र सप्तरी क्षेत्रमा विगतदेखि आतङ्क मच्चाउँदै आएको मकुना हात्ती मृतावस्थामा फेला परेको छ।

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा एक किमी उत्तरमा स्थानीयवासीको धानबारीमा आज बिहान मृतावस्थामा भेटिएको आरक्षणका वार्डेन अशोक रामले जानकारी दिए।

उनका अनुसार शनिबार राति १२ बजे आरक्षणबाट बाहिर निस्किएको मकुना बिहान धानबारीमा मृतावस्थामा रहेको खबर आएकाले हेर्न जाँदा धानबारीमा राखिएको करेन्ट लागेर मृत्यु भएको पाइएको थियो।

विगत ४÷५ वर्षदेखि मकुनाले दर्जनौँ व्यक्तिको ज्यान लिइसकेको थियो। यसको उपद्रो सहन नसकेर स्थानीयवासीले मार्ने उपाय खोजिरहेको थिए।

नेपालमा कूल २२५ वटा जङ्गली हात्ती छन् रहेकामा कोशी टप्पुमा मात्रै १६ वटा हात्ती रहेका र भारतबाट झापाको बाहुनडागीमा १३० देखि १५० वटासम्म आउने गरेका छन्। ती हात्तीले आरक्षण नजिकका स्थानीयवासीलाई दुःख दिँदै आएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.