उपदान तथा पेन्सन कोषको ५६ करोड लगानी गर्दै राष्ट्र बैंक

उपदान तथा पेन्सन कोषको ५६ करोड लगानी गर्दै राष्ट्र बैंक

१७ असोज,काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभावको समस्या बढेको बेला राष्ट्र बैंकले कोषको रकम लगानी गर्न लागेको हो।

राष्ट्र बैंकले उक्त कोषबाट ५६ करोड रुपैयाँ लगानी गर्ने उल्लेख गर्दै रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ।

आइतबार सूचना जारी गर्दै राष्ट्र बैंकले ’क’ वर्गका वाणिज्य बैंकमा ४४ करोड ८० लाख रुपैयाँ, ’ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा आठ करोड ४० लाख रुपैयाँ र ’ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा दुई करोड ८० लाख रुपैयाँ लगानी गर्ने जानकारी दिएको छ।

आगामी कात्तिक २ देखि २०७९ कात्तिक २ गतेसम्मका लागि मुद्दती निक्षेपमा रकम लिनका लागि यही असोज १९ गते साँझ ५ बजेभित्र ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

राष्ट्र बैंकबाट अनुमति प्राप्त गरी कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको बैंक तथा वित्तीय संस्थाले रकम लिनका लागि प्रस्ताव पेस गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.