कात्तिकमा भेट्रान्स फुटबल, कम्तिमा १० टोलीको सहभागिता रहने

कात्तिकमा भेट्रान्स फुटबल, कम्तिमा १० टोलीको सहभागिता रहने

१७ असोज, काठमाडौं ।

फुटबलर्स मिशन टुगेदरको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा पहिलो ‘मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता–२०७८’ आयोजना हुने भएको छ ।

पूर्व फुटबलरको संस्था फुटबलर्स मिशनले आइतबार पत्रकार सम्मेलन गर्दै ६–१६ कात्तिकसम्म प्रतियोगिता आयोजना हुने बताएको हो । आर्थिक विपन्नता भै औषधि उपचार गर्न समस्या परेका पूर्वराष्ट्रिय खेलाडी, रेफ्री तथा प्रशिक्षकलाई सहयोग तथा बिमा गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

आयोजकले पहिलो संस्करणको प्रतियोगितामा १० देखि १६ टोलीको सहभागिता रहने बताएको छ । सहभागी टोलीले ३५ बर्षका ३ तथा ४० बर्षभन्दा माथिका खेलाडी प्रतियोगितामा सहभागी हुने बताएको छ ।

प्रतियोगिताको अनुमानित लागत २५ लाख रहेको छ । प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित एन्फा मुख्यालय तथा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.