एमालेको दशौं महाधिवेशन बुटवलमा

एमालेको दशौं महाधिवेशन बुटवलमा

१७ असोज, काठमाडौं ।

नेकपा एमालेले आफ्नो दशौं महाधिवेशन बुटवलमा गर्ने भएको छ।

आइतबार प्रथम विधान महाधिवेशनको समापन सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने घोषणा गरेका हुन्।

’महाधिवेशन बुटवलमा गर्नेछौं’, ओलीले भने, ’अत्यन्तै भव्यताका साथ।’

यसअघि एमालेले आठौं महाधिवेशन पनि बुटवलमै गरेको थियो।

एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते गर्ने निर्णय भएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.