मन्त्रिपरिषदमा मेरो पनि भाग लागेको कुरा सत्य होइन : प्रधानन्यायाधीश जबरा

मन्त्रिपरिषदमा मेरो पनि भाग लागेको कुरा सत्य होइन : प्रधानन्यायाधीश जबरा

१८ असोज, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले मन्त्रिपरिषदमा आफ्नो भागबाट पनि मन्त्री बन्न लागेको भन्ने समाचार सत्य नभएको बताएका छन् ।

आज बिहान सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरुसँग भएको भेटमा प्रधानन्याधीश जबराले सो कुरा सत्य नभएको भन्दै त्यसको खण्डन गर्ने बताए ।

प्रधानन्यायाधीश जबराले त्यसलाई ‘जोक’ भएको बताए । उनले भने,‘अब जुन नाम आएको छ, एउटा दीपक तिमल्सिनाको आयो । अर्को गजेन्द्र हमालको नाम आयो । गजेन्द्र हमाल भनेको त शेरबहादुर सरहका कांग्रेस नेता हुन् नि । उसँग मलाई जोड्न पर्छ र ! उसलाई मैले बनाउनुपर्छ र !’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.