कांग्रेस रामेछापको सभापतिमा कान्छाराम तामाङ निर्वाचित

कांग्रेस रामेछापको सभापतिमा कान्छाराम तामाङ निर्वाचित

१८ असोज, काठमाडौं।

नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापतिमा कान्छाराम तामाङ निर्वाचित भएका छन् ।

जिल्ला सभापतिका लागि तीन जना उम्मेदवार रहेकोमा पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि सोमबार दोस्रो चरणको चुनावको तयारी थियो ।

तर पहिलो चरणमा सबैभन्दा बढि मत ल्याएका कान्छाराम तामाङलाई दोस्रो बढि मत पाएका लबश्री न्यौपानेले समर्थन गरेका हुन् ।

पहिलो चरणमा तामाङले ६६८ मत पाएका थिए भने उनका निकटम प्रतिस्पर्धी न्यौपानेले ३५६ र अर्का उम्मेदवार कृष्णबहादुर महतले ३२८ मत पाएका थिए ।

दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच निर्वाचन हुने कांग्रेस विधानको व्यवस्था छ तर, दोस्रो मत पाएका न्यौपानेले समर्थन गरेपछि तामाङ सर्वसम्मत सभापति निर्वाचित भएका हुन् ।

तामाङ पार्टी संस्थापन समूह निकट हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.