१९ असाेज, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार साँझ ‘रिफ्रेस’ हुन भन्दै चन्द्रागिरि गएकी छन् । परिवारका सदस्यसहित चन्द्रागिरि गएकी राष्ट्रपति भण्डारी मंगलबार शीतल निवास फर्किने बताइएको छ ।
उनी मंगलबार भालेश्वर मन्दिरमा पूजा गरेर र लञ्च खाएर शितल निवास फर्किने कार्यक्रम छ । राष्ट्रपति भण्डारी सामान्य हिसाबले पारिवारिक भ्रमणमा गएकाे राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले बताए । उनले भने, ‘राष्ट्रपतिज्यू सामान्य हिसाबले पारिवारिक भ्रमणमा जानुभएको हो । सरकारकी सवारी साधन, सुविधाहरू नलिइ जानुभएको हो ।’
सुरक्षा स्रोतका अनुसार चन्द्रागिरि पुग्न राष्ट्रपति भण्डारीलाई हायस माइक्रोबसको व्यवस्था गरिएको थियो । राष्ट्रपतिसँग छोरी र परिवारका अन्य सदस्य रहेको बताइएको छ ।
सडक जाम हुने गरी सवारीमा निस्किने गरेको भन्दै पटक-पटक राष्ट्रपति भण्डारीको आलोचना हुने गरेको छ ।