१९ असोज, काठमाडौं।
काठमाडौंको मुलपानीबाट जबरजस्ती यौन धन्दामा लगाइएका पाँच किशोरीकाे उद्दार गरिएकाे छ । केन्द्रीय अनुसन्धान ब्यूरोले माइती नेपालसँगको समन्वयमा सोमबार किशोरीहरुलाई उद्दार गरेकाे हाे ।
यौन धन्दा चलाएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भएकी सीता बुढाथोकीलाई पक्राउ गरेको छ । बुढाथोकीले मुलपानीको तिवारी टोलमा रहेको आफ्नै घरमा १५ देखि १७ वर्षका किशोरीहरुलाई ग्राहक बोलाएर यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले आरोपीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ । आरोपीमाथि मानव बेचबिखन मुद्दामा अनुसन्धान शुरु गरिएको बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।
किशोरीहरुलाई माइती नेपालको संरक्षणमा राखिएको माइती नेपालका उप–निर्देशक अच्युत नेपालले जानकारी दिए ।